नर्सरी स्थापना तथा विरुवा उत्पादन
प्रारम्भमा २० लाख बिरुवा उत्पादन क्षमताको सागरनाथमा १८ हे. को र ४ लाख उत्पादन क्षमता भएको मुर्तियामा ५ हे. क्षेत्रफलको नर्सरी स्थापना भई बृक्षारोपणको समयमा विरुवा उत्पादन कार्य भएकोमा विगत केही वर्ष देखि सागरनाथमा मात्र वार्षिक करिब १० देखी १३ लाख विरुवा उत्पादन हुदै आएको छ । आ.व. २०७५।०७६ मा सागरनाथ नर्सरीमा १४,९८,६८७ गोटा बिरुवा उत्पादन गरिएको थियो । मसलाको प्रजातिको बीउ अष्टेलियाबाट खरिद गरिएको थियो भने अन्य प्रजातिको स्थानीय रुपमै संकलन गर्ने वा कृषि वन बीऊ सहकारीबाट खरिद गरिएको थियो ।
Title | FileName | Download |