विरुवा विक्री वितरण
विशेष गरि परियोजनाले आफ्नो आवश्यकताको लागि गुणस्तरीय विरुवा बिरुवा उत्पादन गर्ने गरेको भएपनि परियोजना क्षेत्र बाहिर पनि सन्तुलित वातावरण कायम राख्न र वन पैदावार आपुर्तिको वैकल्पिक स्रोत विकासमा सहयोग प्रदान गर्न कुल उत्पादित बिरुवाको १५–३० प्रतिशत स्थानीय र छिमेकी जिल्लाहरुका निजी तथा सँघ संस्थाहरुलाई तोकिएको न्यूनतम लागत मूल्यमा विक्री वितरण गर्दै आई रहेको छ । परियोजना आफ्नै आम्दानीमा निर्भर रहनु परेकोले प्रति एकाई कुल लागत मुल्यमा विक्रि वितरण गर्न बाध्य भएको हो । यसका वावजुद पनि परियोजनाले आधुनिक प्रविधीमा गुणस्तरिय बिरुवा बिरुवा उत्पादन गरि नीजि क्षेत्रले भन्दा सहुलियत दरमा बिक्री गदै आएकोले माग अनुरुपको विरुवा उत्पादन गर्न नसकिएको महशुस गरिएको छ । यस सम्बन्धमा परियोजनालाई कुनै निकायबाट विरुवा उत्पादनमा अनुदान सहयोग प्राप्त हुन आएमा परियोजनाले गुणस्तरिय बिरुवा उत्पादन गरि अनुदान दिने निकायलाई निशुल्क र अन्य निकायलाई प्राप्त अनुदान मोल घटाई न्यूनतम मोलमा बिरुवा बिक्री वितरण गर्न सक्ने भएपनि हाल त्यस्तो अवसर उपलब्ध हुनसकेको अवस्था छैन । यस्तो अवसर जुट्न सकेमा गुणस्तरिय बिरुवाको सहुलियत दरमा बिक्री वितरणमा सहयोग पुग्न गई यो कार्यक्रमले निजी वनको विकासमा थप योगदान पुग्न सक्ने र वन दशक कार्यक्रमलाई प्रभावकारी सहयोग पुग्ने देखिन्छ । विरुवाको गुणस्तर र तुलनात्मक रुपमा कम मूल्य भएकोले स्थानिय स्तरमा खास गरेर सर्लाही, महोत्तरी, रौतहट र धनुषाबाट मसला र टिक विरुवाको मांग वर्षेनी बढेको पाइएको छ । चालु आर्थिक वर्षमा टि.सी.एन. ले विभिन्न जिल्लाका जनता तथा संघ संस्थाहरुलाई विरुवा बितरण गर्न ३ लाख मसलाको बिरुवा यस परियोजनाबाट खरिद गरि निःशुल्क बितरण गरेको छ । विगत ५ आ.व.हरुमा मसला लगायतका जम्मा ७,८७,०४२ गोटा विरुवा बिक्री वितरण भएको छ जसकोे विवरण तालिका नं. ६ मा दिइएको छ ।
Title | FileName | Download |