Call us now 9854020399

वन पैदावारको बिक्री वितरण

परियोजनाको वन ब्यवस्थापनबाट उत्पादन हुने वन पैदावारहरु वन पैदावारको मूल्य निर्धारण तथा बिक्री नियमावली २०६० मा व्यवस्था भए बमोजिम बिक्री वितरण गर्ने गरिएको बिक्री गर्दा उत्पादनको बढीमा २५ प्रतिशत उत्पादन वन पैदावार विकास समितिको संचालक समितिबाट निर्धारित मूल्य परिमाण स्थानीय जिल्ला छिमेकी जिल्लालाई बाँकी परिमाण खुल्ला प्रतिस्पर्धाबाट कायम हुन आएको अधिकतम मूल्यमा विक्री गर्ने गरिएको सञ्चालक समितिमा समितिका अध्यक्ष संयोजक रहने गरि अर्थ मंत्रालय वन विभागका / जना अधिकृत प्रतिनिधि रहने व्यवस्था रहेको बिक्री भएका वन पैदावारको छोडपूर्जी परियोजनाले दिने व्यवस्था नियम २४ अनुसार वन पैदावारको बिक्री सम्बन्धी प्रकृया निम्न अनुसार हुने गरेको

  • सोझै बिक्री : यस अन्तर्गत स्थानिय जनतालाई घरकाजको लागि मसला, सिसौ टिक गरी ७५ क्यू.फि. सम्म काठ एक चौथाई चटृा मसला दाउरा, संघ संस्था/ स्कूललाई ५०० क्यू.फि. सम्मजडीबुटीनर्सरीको विरुवा, मसलाको पात आदिको बिक्री पर्दछ
  • सिलबन्दी दरभाउपत्रबाट बिक्री : एक पटकमा देहायको परिमाण सम्मको वन पैदावार सिलबन्दी दरभाउपत्रबाट बिक्री गर्न सकिने नियम मा व्यवस्था

      () काठ चिरान           ५००  क्यूफिट

      () काठ गोलीया          १००० क्यूफिट

      () बल्लाबल्ली/ पोल       १००० क्यूफिट

      () खयरको जरा ठुटृा १००   थान

      () दाउरा                ३०   चटृा

  • बोलपत्रबाट बिक्री : माथि उल्लेखित गरिएवाहेकको किसिम परिमाणका वन पैदावार बिक्री गर्दा निम्न प्रक्रियाबाट बोलपत्र आव्हान गरी बिक्रि व्यवस्थापन गरिन्छ
  • प्रस्ताव आव्हान बाट बिक्री : वन ब्यवस्थापन कार्ययोजनाले तोकिएको प्लटहरुको सरपट कटान तथा थिनिङ्ग कार्य गर्नु पूर्व उत्पादन हुने अनुमानित वन पैदावार परिमाणको प्रतिस्पर्धाबाट बिक्रीको लागि  प्रस्ताव आव्हन गरी बिक्री गर्ने ब्यवस्था  
  • लिलाम बढाबढ : प्रस्तावित.दररेटमा बिक्री हुन नसकेका वा प्रस्तावका सूचनामा नपरेका पुरानो स्टक मौज्दात भएमा लट कायम गरी समितिले निर्धारण गरेको दररेटलाई न्यूनतम मूल्य मानी वन पैदावार लिलाम बिक्री कार्यविधि निर्देशिका २०६० बमोजिम लिलाम गरी बिक्री गरिन्छ
  • वार्ताबाट बिक्री : देहायको अबस्थामा ब्यवस्थापनले समितिको पूर्व सहमतीमा बार्ताबाट पनि वन पैदावार बिक्री गर्न सकिने :

       () प्रचलित नेपाल कानून बमोजिम स्थापना भएका वन पैदावर सम्बन्धी स्वदेशी उद्योगहरुलाई बन पैदावार उपलब्ध गराउँदा

       () बिदेशी उद्योगहरुलाई समिति सँग भएको वन पैदावार खरिद गर्न प्रस्ताव पेश गरेमा

Title FileName Download