Call us now 9854020399

वृक्षारोपण र व्यवस्थापन

परियोजनाको स्थापनाकाल देखि १५ वर्ष सम्म कम हैसियतको प्राकृतिक वनक्षेत्रको सरपट कटान गर्दै अर्धयान्त्रिक प्रविधि अपनाई चाडो हुर्कने प्रजातिहरु हरेक वर्ष करिब ५००—१००० हेक्टरसम्म बृक्षरोपण गरिदै आएको थियो । वृक्षारोपण क्षेत्रहरुलाई वैज्ञानिक वन व्यवस्थापनको उदेश्यले १ कि.मी. X १ कि.मी. (१०० हे.)को ब्लकमा छुट्याई पुनः प्रत्येक ब्लकलाई फायरलाईनले छुट्टयाई २५।२५ हे.को ४ वटा प्लटहरुमा विभाजन गरिएको छ, । यसलाई नक्शामा ABCD ले नामाकंन गरिएको छ । शुरुका दिनमा ब्लकहरुमा मसला, टिक, खयर आदिको वृक्षारोपण २.५ मी. X २.५ मी.को स्पेसिङमा रोपिएको थियो । पछि कृषिवन प्रणालीको लागि २ मी. X ४ मी.को स्पेसिङ्गमा राप्ने कार्य भैरहेकोमा कृषि वन प्रणालीले गर्दा वन अतिक्रमण कार्य बढदै गएकोले चालु आ.व.मा पुनः २.५ मी. X २.५ मी.को स्पेसिङमा बृक्षारोपणको कार्य शुरु गरिएकोछ । चालु आ.व. २०७५।०७६ मा विभिन्न वन व्यवस्थापन शाखा अन्तर्गत परियोजनाको कूल ५७२.८ हेक्टर मा बृक्षारोपण कार्य भएको छ जुन तालिका नं. ७ मा दिइएको छ ।

स्थापनाको पहिलो दश बर्षसम्म वृक्षारोपण भएको क्षेत्रको प्रजाती अनुसार बिश्लेषण गर्दा मसला ५४%, सिसौ २८%, अरु प्रजातिका टिक, खयर र सालको पुनरुत्पादन समेतले गरि १७ % क्षेत्र ओगेको थियो । हाल सिसौलाई Dieback  रोग लागेका कारण यसको बृक्षारोपण अनुपातमा कटौती गरिएकोले सोको स्थानमा टिक र साल प्रजातिको अनुपातमा बृद्धी भएको पाईन्छ । वन व्यवस्थापन कार्ययोजनामा मसलाको पहिले बाली चक्र १०—११ वर्षमा सरपट कटान गर्ने, दोस्रो चक्र ७—८ वर्ष र तेस्रो चक्र ३—४ वर्षमा कटान गर्न प्रस्ताव गरिएको छ । शुरुमा उक्त चक्र अनुरुप कटान कार्य थालिए पनि सो बेला उत्पादित काठ दाउराको बजारको अभावका कारण उद्देश्य अनुरुप कटान हुन नसकेकोले हाल कुनै प्लटका स्टयाण्ड २५÷३० वर्षको पुगेपनि कटान (ज्बचखभकत) हुन सकेको छैन । मसलाको कटान प्लटहरु कपीस प्रणालीले पुनः वन कायम गरिएको छ । तेस्रो चक्रमा कटान भएका मसलाको प्लटमा भएका जरा ठूटा उखेलेर वृक्षारोपण गर्नु पर्नेमा वजेट अभावले गर्दा सो हुन सकेको अवस्था छैन ।

टिक प्रजातीको ४० वर्षको बालीचक्र राखिएको भएपनि वजारको माँग र परियोजनाको आर्थिक श्रोत जुटाउन कटान चक्र अवधि नपुग्दै कटान भईरहेको र गर्नु परेको अवस्था छ भने सिसौको हकमा २५ वर्षको बालीचक्र -Rotation_ प्रस्ताव गरिएपनि प्रायः स्टयाण्डहरु रोग लागि मरेको हुँदा कटान चक्र अनुसार प्लट कटान कार्य भइरहेको छ ।

Title FileName Download