वन पैदावारको उत्पादन
बार्षिक स्विकृत कार्यक्रम अनुसार प्रत्येक वर्ष वृक्षारोपण प्लटको वन पैदावार (काठ दाउरा) संकलन तथा बिक्री वितरण निर्देशिका, २०७३ मा भएको व्यवस्था बमोजिमको प्रकृया अबलम्बन गरि प्लटमा सरपट कटान र थिनिङ्ग गर्ने गरिएको छ । यसबाट काठ, विधुत पोल, फेन्सीङ पोल बल्लावल्ली आदि उत्पादन भै संकलन गर्ने गरिएको छ । आ.व. २०७५\०७६ मा विभिन्न प्लटहरुबाट उत्पादन भएका वन पैदावारको विवरण तालिका नं. ८ मा उल्लेख गरिएको छ । त्यसै गरि परियोजनामा विगत ५ वर्षमा उत्पादन भएका वन पैदावारको विवरण तालिका नं. ९ मा उल्लेख गरिएको छ । जस अनुसार वन पैदावारको बजारको सुनिश्चीतता नभएको कारण वन पैदावारको उत्पादन बिगत ५ वर्षमा घटदो क्रममा रहेको देखिन्छ । जसले गर्दा यस परियोजनाको आय श्रोतमा कमी भई वन व्यवस्थापनको कार्यमा समेत असर पारीरहेको देखिन्छ ।
Title | FileName | Download |